Logout

विशेष महाधिवेशन रोक्न देउवा सक्रिय, खड्का र लेखकसँग रणनीतिमूलक छलफल

1.2k Shares

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको तयारी अघि बढेपछि सभापति शेरबहादुर देउवा त्यसलाई रोक्न सक्रिय भएका छन्।

पुस २६ देखि २८ सम्म काठमाडौंमा विशेष महाधिवेशन गर्ने योजना बनाएपछि देउवाले संस्थापन पक्षका शीर्ष नेताहरूसँग निरन्तर परामर्श सुरु गरेका हुन्।

देउवाले विशेष महाधिवेशनले पार्टी कमजोर हुने तथा विभाजनसम्म पुग्न सक्ने जोखिम रहेको भन्दै रोकथामका उपाय निकाल्न छलफल थालेका हुन्। सो क्रममा उनले आज बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकलाई महाराजगञ्जस्थित निवासमा बोलाएर काउन्टर रणनीति तयारीबारे परामर्श गरेका स्रोतले जनाएका छन्।

यता, १५ औं महाधिवेशन तोकिएको समयमा हुन नसकेपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन आह्वान गर्ने तयारीमा जुटिरहेका छन्। हल खोज्नेदेखि विधान परिमार्जनलगायत आवश्यक पूर्वतयारीहरू सुरू भइसकेपछि देउवा निकट पक्षले बैठकमार्फत यसको रोकथाम रणनीतिमा ध्यान केन्द्रीत गरेको छ।

 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार