ट्रेन्डिङ

Logout

साढे ३ महिनापछि पहिलोपटक बालुवाटार फर्किँदै ओली, शीर्ष नेतासँग छलफलमा सहभागी हुने

3.9k Shares

जेनजी आन्दोलनले चर्किंदै सत्ता हारेपछि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज (पुस १२ गते) साढे तीन महिनापछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै छन्।

प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको शीर्ष तीन नेताबीचको छलफलमा सहभागी हुन ओली दिउँसो बालुवाटार जाने तयारीमा छन्।

गत भदौ २४ मा आन्दोलन तीव्र भएपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बालुवाटारबाट सुरक्षार्थ बाहिर निकालिएको थियो। लामो अवकाशपछि उनी आज पुनः त्यही परिसरमा प्रवेश गर्दैछन्।

सो दिन सेनाको ब्यारेकमा लगेपछि ओलीले "यदि पाँच मिनेट ढिला भएको भए आफू मारिने जोखिम थियो" भन्ने प्रतिक्रिया सार्वजनिक गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार