Logout

रवि–बालेन एकतामा आज हस्ताक्षर, अन्तिम खाका निर्माणमा स्वर्णिम वाग्ले सक्रिय

3k Shares

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र रास्वपाका सभापति रवि लामिछानेबीच हुने एकता सम्झौतामा आज हस्ताक्षर गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
शुक्रबार साँझसम्म सहमतिमै रहे पनि नेताहरूको व्यस्तता र केही प्राविधिक कारणले हस्ताक्षर शनिबारका लागि सारिएको रास्वपा सचिवालय सदस्य शिशिर खनालले बताएका छन्।

खनालका अनुसार, हस्ताक्षरपछि केही दिनभित्र औपचारिक घोषणा सभा गरिनेछ। दुवै पक्ष अहिले सहमतिको अन्तिम खाका टुंग्याउन आन्तरिक गृहकार्यमा जुटेका छन्।

सम्झौतापछि पनि अहिलेको रास्वपाको पदाधिकारी संरचनामा कुनै परिवर्तन नहुने बताइएको छ। सहमतिको गृहकार्यका लागि रास्वपातर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले, सचिवालय सदस्य शिशिर खनाल, तथा केन्द्रीय सदस्य असिम साह सहभागी छन् भने बालेन पक्षबाट सल्लाहकार कुमार बेन सम्लग्न छन्।

 
 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार