Logout

कांग्रेस सभापति देउवा एमाले महाधिवेशन उद्घाटनमा नजाने, कार्यवाहक सभापति खड्कालाई प्रतिनिधित्वको जिम्मा

182 Shares

नेकपा (एमाले)को ११औँ महाधिवेशनको उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन्। देउवाको सट्टा कांग्रेसको तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का उद्घाटन कार्यक्रममा उपस्थित हुनेछन्।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार एमालेका नेताहरूले उद्घाटन समारोहमा सम्बोधन गर्न सभापति देउवालाई व्यक्तिगत रूपमा घरमै पुगेर निमन्त्रणा दिएका थिए। तर, देउवाले एमालेको कार्यक्रममा आफैं सहभागी नहुने निर्णय गर्दै कार्यवाहक सभापति खड्कालाई पठाउने निर्देशन दिएका हुन्।

‘एमालेका नेताहरू निमन्त्रणा दिन घरमै आउनुभएको थियो,’ भानुले बताए, ‘तर सभापतिजी एमालेको कार्यक्रममा जानुहुन्न। उहाँले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कांग्रेसको प्रतिनिधित्व गर्न पठाउनुभएको हो।’

एमालेको ११औँ महाधिवेशनको उद्घाटन आज मध्यान्ह भक्तपुरको सल्लाघारीमा आयोजना हुँदैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार