Logout

मधेसमा कांग्रेसका यादव छैटौँ मुख्यमन्त्री : सुशासन र बेथिति अन्त्यको वाचा

1.8k Shares

मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव नियुक्त भएका छन्।

शुक्रबार साँझ प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले संविधानको धारा १६८(२) अनुसार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरे। यससँगै यादव मधेस प्रदेशका छैटौँ मुख्यमन्त्री बनेका छन्।

यादवलाई नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र नागरिक उन्मुक्ति पार्टी गरी सात दलका ७७ सांसदले समर्थन गरेका छन्। मधेस प्रदेशसभामा अहिले १०४ सदस्य छन्।

गत बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान गरिएको थियो। लामो राजनीतिक रस्साकस्सीपछि सात दलीय गठबन्धनले कांग्रेसका यादवलाई नेतृत्व दिन सहमति गरे। नवनियुक्त मुख्यमन्त्रीले सबै दलबाट एक–एक मन्त्री तत्कालै शपथ गराइने र बाँकी मन्त्रिपरिषद् विश्वासको मतपछि विस्तार गरिने बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार