ट्रेन्डिङ

Logout

कागेश्वरी मनोहरा–७ का वडाध्यक्ष भीमसेन थापाको निधन

3.6k Shares

कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीका अनुसार थापा बिहीबार हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारको क्रममा निधन भएका हुन्।

उनको निधनमा नगरपालिकाले शोक व्यक्त गर्दै पालिकाभरका वडा कार्यालय, स्वास्थ्य संस्था (अत्यावश्यक सेवाबाहेक), आयुर्वेद औषधालय, साथै संस्थागत र सामुदायिक विद्यालयहरूमा आज सार्वजनिक बिदा दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार