ट्रेन्डिङ

Logout

जेन–जी अभियन्ता सुदन गुरुङद्वारा नागरिकता छानबिनप्रति आपत्ति, प्रशासनको व्यवहार प्रश्नमा

4.6k Shares

जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालले आफूलाई नागरिकताको आधारमा छानबिन गरिरहेको भन्दै कडा आपत्ति जनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार पुगेका गुरुङले सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू ‘नेपाली नागरिक हो कि होइन’ भन्ने विषयमा भइरहेका अनुसन्धानप्रति असन्तुष्टि व्यक्त गरे।

उनका अनुसार, प्रशासनले आफू तिब्बती मूलका हुनसक्ने आशंकामा निरन्तर प्रश्न उठाइरहेको छ, जसले अनावश्यक उत्पीडनको अनुभूति गराएको छ।
गुरुङले भने, “कहिले दलका मान्छे, कहिले अरूले—सुदन गुरुङ कहाँको हो भनेर सोधिरहेछ। अहिले त प्रशासनका मान्छेले पनि सोध्दै हिँडेको सुनेँ। देशलाई माया गरेकै भरमा यति दुःख दिन पाइन्छ?”

उनले राजनीतिक दलका नेता, पेशागत क्षेत्रका व्यक्तिहरू हुँदै स्थानीय जनप्रतिनिधिसम्मलाई आफ्नो पहिचानबारे सोधपुछ गरिनु अपमानजनक रहेको बताए।

गुरुङले जेन–जी आन्दोलनपछि राष्ट्रपति कार्यालयमा तत्कालीन कानुनी सल्लाहकारका रूपमा ओमप्रकाश अर्याल बस्दा आफूले बारम्बार भेट गरेको स्मरण गर्दै भने, “त्यतिबेला नै नागरिकता मागेको भए—निधारमै टालिदिन्थे।”

अनुहारको आधारमा कुनै व्यक्तिमाथि निराधार आरोप लगाउनु गलत भएको तर्क गर्दै उनले भविष्यमा एमाले नेताहरूले समेत यस्तै आरोप भोग्नुपर्ने परिस्थितिबारे चेतावनी दिए।
उनका शब्दमा, “क्षितिज थेवोलाई आँखा चिम्सो छ भनेर तिब्बती भन्लान्, महेश बस्नेतलाई अनुहार भारततिर मिल्यो भन्लान्। यस्तो आरोप कुनै आधारमा हुन सक्दैन।”

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार