Logout

कुनै धर्म वा समुदायलाई होच्याउने आशय नभएको प्रधानमन्त्री कार्कीको स्पष्टिकरण

2.3k Shares

प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो अभिव्यक्ति कुनै पनि धर्म वा समुदायलाई लक्षित नभएको र त्यसलाई होच्याउने कुनै नियत नरहेको स्पष्ट कहना गर्नुभएको छ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सामाजिक सञ्जाल (फेसबुक) मार्फत शुभारम्भ गर्ने क्रममा व्यक्त गरिएको अभिव्यक्तिमाथि उठेका विभिन्न प्रतिक्रिया र टीकाटिप्पणीलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनेकी छन्,
“कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय र नियत होइन, छैन।”

प्रधानमन्त्री कार्कीले आफू सबै धर्मप्रति समान सम्मान राख्ने उल्लेख गर्दै वर्तमान संवेदनशील परिस्थितिमा शान्ति, सद्भाव र सहिष्णुता कायम राख्ने प्रयासमा सम्पूर्ण नागरिकको साथ आवश्यक रहेको आग्रह गरेकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार