ट्रेन्डिङ

Logout

आन्दोलन घोषणा गरेका दुर्गा प्रसाईँ मध्यरातै पक्राउ

4.7k Shares

मंसिर ७ गते आन्दोलन गर्ने घोषणा गरेका दुर्गा प्रसाईं पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोलीले सोमबार मध्यरात भक्तपुरस्थित उनको निवासबाट उनलाई पक्राउ गरेको हो।

अराजक गतिविधि र हिंसा भड्किन सक्ने अभिव्यक्ति दिएको आरोपमा उनीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसअघि १५ चैतमा भएको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार