Logout

एकडारा–४ मा विद्यालय भवन र छठघाट निर्माण परियोजनाको औपचारिक सुरुवात

2.7k Shares

आज मिति २०८२/०७/३० गते, शिक्षा तथा संस्कृति मन्त्रालय मधेश प्रदेशले आ.व. २०८२/०८३ अन्तर्गत सञ्चालन गर्न लागेको परियोजनाअनुरूप एकडारा गाउँपालिका–४ स्थित हल्खोरी माध्यमिक विद्यालयमा ४ कोठे भवन तथा विद्यालयसँगै रहेको पोखरीको छठघाट निर्माण कार्यको सिलान्यास सम्पन्न गरिएको छ।

सिलान्यास कार्यक्रम लोसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा महोत्तरी–३ का सांसद माननीय महन्थ ठाकुर र पूर्व शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीको संयुक्त उपस्थितिमा सम्पन्न भयो।

कार्यक्रममा लोसपा नेपालका प्रवक्ता आभाष, केन्द्रीय सचिव अजय झा, जिल्ला अध्यक्ष रामबाबु साह, एकडारा गापा पूर्व अध्यक्ष रामछविला साह, मनरा सिस्वा नगरपालिकाका पूर्व मेयर संजय सिंह, एकडारा गापा उपाध्यक्ष महजबी खातुन, वडा अध्यक्ष जीवछ यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

यसै अवसरमा नेतृश्रृंखलाले एकरहिया र मटिहानी क्षेत्रमा आयोजित विभिन्न कार्यक्रममा समेत सहभागिता जनाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार