2.3k
Shares
सभामुख रामचन्द्र मण्डलको सचिवालयमा उनका परिवारका सदस्यलाई विभिन्न पदमा नियुक्त गरिएको आरोप सार्वजनिक भएको छ। प्राप्त विवरण अनुसार सभामुख मण्डलकी श्रीमती, छोरा, छोरी तथा ज्वाइँलाई सचिवालय कार्यालयमा विभिन्न जिम्मेवारी दिइएको बताइन्छ।
सूत्रका अनुसार—
श्रीमतीलाई स्वीपर
एक छोरीलाई माली
अर्को छोरीलाई भान्छे (कुक)
ज्वाइँलाई स्वकीय सचिव
छोरालाई पनि सचिवालयमा एक पद
मा नियुक्त गरिएको जानकारी बाहिर आएको छ।
यस विषयले संसद्–प्रशासनमा पारदर्शिता र नैतिकताबारे गम्भीर प्रश्न उठेको छ। न्यायिकता र निष्पक्षतामा आंच पुग्ने गरी परिवारका सदस्यलाई संवैधानिक व्यवस्थापकीय संरचनामा राखिएको भन्दै धेरैले आलोचना गरेका छ।