Logout

प्रतिनिधिसभा निर्वाचनमा ओली मात्र बाधक

1.8k Shares

पूर्वमन्त्री एवं नेता घनश्याम भुसालले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली मात्र बाधक रहेको बताएका छन्। उनले अन्तरिम सरकारले घोषणा गरेको निर्वाचन रोक्न वा सार्न कुनै कारण नभएको बताएका छन्।

अन्तरिम सरकारले फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुने घोषणा गरेको छ। ‘जेनजी’ आन्दोलनको प्रभावमा तत्कालीन सरकार र संसद् विघटन भएपछि, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले देश चलाइरहेको छ।

राजनीतिक दलका नेताहरूले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाउँदै आएका छन्। एमालेले संसद् पुनर्स्थापनालाई आफ्नो एजेन्डामा राखेको छ भने नेपाली कांग्रेसमा निर्वाचनबारे मत विभाजित छ। अन्य दलहरू भने निर्वाचनमा जाने तयारीमा छन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भुसालले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित निर्वाचनमा सहभागी हुने घोषणा गरे। उनले आफूहरूको पार्टी पहिले नै स्थापना भइसकेको र आउँदो निर्वाचनमा स्पष्ट एजेन्डासहित भाग लिने बताए।

भुसालले भने, “हामीसँग पहिले नै पार्टी छ। आउँदो चुनावमा एजेन्डासहित सहभागी हुनेछौं। हामी विप्लवजीहरूसहित निर्वाचनमा जानेछौं। चुनावका लागि ओलीजी मात्र बाधक हुनुहुन्छ। तर सबैले प्रचारप्रसार सकेपछि ओलीजीसँग अर्को विकल्प छैन। सरकार र राजनीतिक वातावरणको हिसाबले चुनाव रोक्नुपर्ने कारण देख्दिनँ। उहाँलाई मुलुक, समाज र नागरिकहरूले चुनावमा उचित प्रतिक्रिया दिनेछन्।”

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार