Logout

मतदाता नामावली दर्तामा अनलाइन सिस्टममा समस्या, सेवाग्राही असन्तुष्ट

1.5k Shares

राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता प्रक्रिया बिहीबारदेखि सुरु भए पनि अनलाइन प्रणालीमा समस्या देखिएको छ।

निर्वाचन आयोगका अनुसार, एकैपटक धेरै सेवाग्राहीले आवेदन दिएकोले सिस्टम ह्याङ हुन पुगेको हो। आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले भने, “सेवाग्राहीको चाप धेरै भएपछि सिस्टम स्लो भएको छ। आईटी टोलीले समस्या समाधानमा काम गरिरहेको छ।”

सेवाग्राहीहरूले लामो समयसम्म प्रयास गर्दा पनि आवेदन स्वीकृत नभएको गुनासो गरेका छन्। आयोगले छिट्टै प्रणालीलाई स्थिर बनाउने प्रयास गरिरहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार