1.8k
Shares
मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्तिपछि राजनीतिक तनाव चुलिएको छ । मुख्यमन्त्री नियुक्तिको विरोधमा सात राजनीतिक दलका नेता तथा कार्यकर्ताले आज बिहान मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता सरोज यादवलाई सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त गरेपछि परिस्थिति बिग्रिएको हो ।
नवनियुक्त मुख्यमन्त्री यादव कार्यालयमा आउने सूचना पाएपछि कांग्रेससहित सात दलका नेता र कार्यकर्ताहरु मुख्यमन्त्री कार्यालय अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शनमा उत्रिएका थिए । विरोध तीव्र बन्दै गएपछि प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा तोडफोड गर्नुका साथै प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयमा तालाबन्दीसमेत गरेका छन् ।