11.3k
Shares
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय र अन्तरराष्ट्रिय संस्थाहरूसँग निवेदन माग गरेको छ।
आयोगले आज सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ कि राष्ट्रिय संस्थाहरूले काठमाडौँ उपत्यकाको हकमा निर्वाचन आयोगमा र अन्य जिल्लाका संस्थाहरूले सम्बन्धित प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्। निवेदन पेश गर्ने अन्तिम मिति यही कात्तिक २६ गते तोकिएको छ।
त्यस्तै, अन्तरराष्ट्रिय संस्थाहरूले [email protected] इमेलमार्फत सन् २०२५ नोभेम्बर १२ भित्र निवेदन पेस गर्न सक्नेछन्। आयोगका अनुसार निवेदनको नमूना फाराम आयोगको आधिकारिक वेबसाइट www.election.gov.np बाट डाउनलोड गर्न सकिन्छ।