Logout

देवानगञ्जमा मोटरसाइकलको ठक्करबाट ४ वर्षका बालक गम्भीर घाइते

6.2k Shares

सुनसरी । देवानगञ्ज गाउँपालिका वडा नं. २ बस्ने जलाल साफीका ४ वर्षका छोरा अरमान साफी मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका छन् । घाइते बालकको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको छ ।

घटना देवानगञ्ज गाउँपालिका वडा नं. २ को सहायक कालाेपत्रे सडकमा भएको हो । उत्तर दिशाबाट दक्षिण तर्फ जाँदै गरेको मोटरसाइकलले बाटो काट्दै गरेका बालकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल हरिनगर गाउँपालिका वडा नं. ३ गौतमपुर बस्ने दिनेश मेहताले चलाइरहेकाे थिए । उक्त मोटरसाइकल कालो रङको सुपर गाडी नम्बर को ३५ प ३०७७ रहेको जनाइएको छ ।IMG20251028080914.jpg

दुर्घटनापछि स्थानीय बासिन्दा र परिवारजनले बालकलाई तत्काल उपचारका लागि विराटनगर पुर्‍याएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।IMG20251028081154.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार