Logout

नेपाल टेलिकमद्वारा हिलाल पब्लिक माध्यमिक विद्यालयमा स्टेशनरी वितरण

2.6k Shares

सुनसरी। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय विराटनगर, कोशी प्रदेशले सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–७, साविक घुस्कीस्थित हिलाल पब्लिक माध्यमिक विद्यालयका ५० जना छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।

संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गरिएको कार्यक्रममा विद्यालयका प्राध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।IMG20251015124156.jpgकार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिकम प्रादेशिक निर्देशनालय विराटनगरका प्रमुख बिमलेश झाले विगतमा विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिएको स्मरण गर्दै यसपालि स्टेशनरी सामग्री वितरण गरिएको बताए। उनले आगामी दिनमा विद्यालय र यस क्षेत्रमा थप सहयोग गर्ने प्रतिबद्धता जनाउँदै घुस्की क्षेत्रमा टेलिकमको फाइबर नेटवर्क विस्तार गर्ने तयारी भइरहेको जानकारी पनि दिए।IMG20251015124041.jpgत्यसैगरी, कार्यक्रमका सभापति तथा विद्यालयका प्राचार्य र हरिनगर गाउँपालिका–७ का वडा अध्यक्ष माेज्जमिल खानले नेपाल टेलिकमको सामाजिक उत्तरदायित्वअन्तर्गतको यो पहल सराहनीय रहेको बताए। उनले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई यसले राहत पुगेको भन्दै आगामी दिनमा अझ बढी सहयोगको अपेक्षा व्यक्त गरे।IMG20251015124220.jpg

नेपाल टेलिकमका सहायक लेखा अधिकृत राजकुमार मेहताले संस्थाले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र यसपटक मुस्लिम समुदायलाई लक्षित गरी विद्यालयका छात्राहरुलाई शैक्षिक सामग्री वितरण गरिएको जानकारी दिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. अफताव आलमले विद्यालय परिवारको तर्फबाट नेपाल टेलिकमलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गरे।IMG20251015125825.jpgसोही अवसरमा १०० जना शिक्षक र विद्यार्थीलाई निःशुल्क सिम कार्ड पनि वितरण गरिएको विद्यालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार