Logout

नेपालले यूएईलाई १ रनले पराजित गर्दै रोमाञ्चक जित दर्ता गर्‍यो

1.5k Shares

२६ असोज, काठमाडौं ।
आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले  यूएई  लाई १ रनले रोमाञ्चक जित दिंदै महत्वपूर्ण सफलता हात पारेको छ।

पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ६ विकेट गुमाएर १४० रनको चुनौतीपूर्ण स्कोर बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ५१ रनको अर्धशतकीय योगदान दिए। उनले ४७ बल खेले। कुशल भुर्तेलले २८ रन बनाउँदा कप्तान रोहित पौडेलले २० रनको योगदान दिए। अन्तिमतिर गुल्शन झाले ५ बलमा १४ रन जोड्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए।

नेपालले सुरुवाती १० ओभरमा मात्र १ विकेट गुमाएर ७३ रन बनाएको भए पनि, त्यसपछि रनगति सुस्त भयो र टोलीले अपेक्षाअनुसार स्कोर डबल गर्न सकेन।

यूएईका बलरहरूमध्ये जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान १–१ विकेट लिए।

१४१ रनको लक्ष्य पछ्याउने क्रममा यूएईले २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो। अलिशान सराफूले ५८ रनको शानदार अर्धशतक प्रहार गरे भने ध्रुव पराशरले ३८ रन बनाए। तर अन्य ब्याटरले खास योगदान दिन नसक्दा यूएईले लक्ष्य भेटाउन सकेन।

नेपालको तर्फबाट सशक्त बलिङ प्रदर्शन देखिँदा अन्तिम ओभरसम्म खेल तनाबपूर्ण रह्यो। अन्ततः नेपालले १ रनको साँघुरो तर महत्त्वपूर्ण जित दर्ता गर्‍यो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार