5k
Shares
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्ध टस जित्दै पहिले बलिङ गर्ने निर्णय गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केहीबेरअघि भएको टसमा पोखराका कप्तानले फिल्डिङ गर्ने निर्णय लिएपछि काठमाडौंले ब्याटिङको निम्तो पाएको हो।
यो खेल पोखराका लागि अत्यन्तै निर्णायक बनेको छ। पाँच खेलबाट जम्मा ४ अंक बटुलेको पोखरालाई प्लेअफमा पुग्ने सम्भावना कायम राख्न आज जित अनिवार्य छ।
उता, ६ खेलबाट ८ अंक जोडिसकेको काठमाडौंले भने लिग चरणको अन्तिम खेल पनि जित्दै प्लेअफमा आफ्नो स्थान पक्का गर्ने लक्ष्य राखेको छ।
आजै अपराह्न ४:०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो खेल हुनेछ।