ट्रेन्डिङ

Logout

पोखराको पहिलो जित, जनकपुर २५ रनले पराजित

4.3k Shares

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले आफ्नो पहिलो जित दर्ता गर्दै गत वर्षको च्याम्पियन जनकपुर बोल्ट्सलाई २५ रनले हराएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा १५६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको जनकपुरले पूरा २० ओभर खेले पनि ९ विकेट गुमाएर १३० रनमै सीमित रह्यो।

पोखराले टस जितेर पहिले ब्याटिङ गर्दै ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। एडम रोसिङटन र दिनेश खरेलले पहिलो विकेटमा ६१ रन जोडेर राम्रो सुरुआत दिलाए। सुमित बर्माको अविजित ५० रन र तृतराज दाससँगको ७२ रनको साझेदारीले पोखरालाई प्रतिस्पर्धी स्कोरसम्म पुर्‍यायो।

जनकपुरको शुरुवात कमजोर रह्यो। पोखराका विपिन खत्रीले प्रारम्भमै आसिफ शेख र शुभ कंसाकारलाई सस्तैमा आउट गर्दै खेल आफ्नो पक्षमा मोडे। सुमित बर्माले पनि यान निकोल लफ्टी इटन र माज सदाकतलाई आउट गर्दै जनकपुरको दबाब बढाए।

जनकपुरबाट वायन पार्नेलले ५० रन बनाए पनि उनी ‘रिटायर्ड आउट’ हुनुपर्‍यो। अन्य ब्याट्सम्यानले उल्लेखनीय योगदान दिन नसक्दा टोली लगातार तेस्रो खेलमा पराजित भयो। जनकपुरले बाँकी चारै खेल जिते पनि प्लेअफ पुग्न कठिन हुने विश्लेषण गरिएको छ।

यस खेलमा विशेष पहलका रूपमा जनकपुरले ‘आमाको सम्मान’ अभियानअन्तर्गत पिंक जर्सी र पोखराले ‘हिमनदी संरक्षण’ सन्देशसहित हरियो जर्सीमै खेल खेले।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार