देवानगञ्ज गाउँपालिका वडा नं.–१ निवासी तथा पशुपति शिक्षा मन्दिरका पुर्व शिक्षक दिनेश मेहता हाल जीवन-मृत्युको सङ्घर्षमा हुनुहुन्छ। लामो समयदेखि उहाँ नोवेल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहनुभएको छ।
चिकित्सकका अनुसार उहाँका दुवै मृगौला पूर्ण रूपमा काम गर्न छाडेका छन्। यस्तो अवस्थामा नियमित डायलाइसिससहित उपचारका लागि ठूलो रकम आवश्यक पर्ने अस्पतालले जनाएको छ। तर, शिक्षक मेहताको परिवार आर्थिक दृष्टिले कमजोर रहेकाले उपचारमा गम्भीर समस्या उत्पन्न भएको छ।
शिक्षक मेहताकी आमाले दुःख व्यक्त गर्दै छोराको जीवनरक्षाका लागि सबैलाई सहयोगका लागि आग्रह गर्नुभएको छ। उहाँका अनुसार हाल परिवारसँग उपचार खर्च जुटाउन नसक्ने अवस्था छ।
यसै कारण स्वदेश तथा विदेशमा रहेका दाजुभाइ, दिदीबहिनी, आमाबुवा, इष्टमित्र, शुभचिन्तक तथा समाजसेवी महानुभावलाई सहानुभूति सहित आर्थिक सहयोग गर्न अपिल गरिएको छ।
सहयोग रकम निम्न बैंक खातामा पठाउन सकिने जानकारी परिवारले दिएको छ:
बैंकको नाम : लुम्बिनी विकास बैंक
खाता नम्बर: 04813020367108000001
खाताधनी: दिनेश मेहताकी आमा: फुलेसरी देवी मेहता
जीवनको कठिन घडीमा आफ्नो सानो योगदानले पनि ठूलो सहारा बन्नसक्ने भएकाले सबैमा सहयोगी हात फैलाउन हार्दिक अनुरोध गरिएको छ।
