ट्रेन्डिङ

Logout

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् शपथ आज, मन्त्री छनोटप्रति असन्तुष्टि

3.6k Shares

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को शपथ ग्रहण आज बिहान साढे ११ बजे शितल निवास परिसरमा हुने भएको छ। राष्ट्रपति कार्यालयका अनुसार शपथको समय तय भइसकेको र समारोह टेन्टमुनि आयोजना गर्नका लागि तयारी तीव्र गतिमा भइरहेको छ।

गत शुक्रबार अन्तरिम प्रधानमन्त्री बनेकी कार्कीले आइतबार अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृह मन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङलाई जिम्मेवारी दिएकी थिइन्। स्रोतका अनुसार अर्याललाई कानुन मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिन सकिने र घिसिङले ऊर्जा बाहेक भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय पनि सम्हाल्न सक्ने सम्भावना छ।

तर मन्त्री छनोटलाई लिएर सुदन गुरुङ समूहका युवाहरु असन्तुष्ट बनेका छन्। उनीहरुले गएराति बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि भेला भई सुशीला कार्कीविरुद्ध नाराबाजी गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार