4.6k
Shares
जेनजी आन्दोलनको क्रममा नयाँ बानेश्वरस्थित वाणिज्य बैंक लुट्ने समूहले फालेको ५ लाख रुपैयाँ एक युवकले प्रहरीलाई बुझाएका छन्।
ललितपुर घर भएका सुरेश देउलाले ५ लाख १० हजार ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको प्रहरीले जनाएको छ।
एसपी चक्रराज जोशीका अनुसार, देउलाले लुटपाटको भिडियो खिच्दा लुटेरा समूहले देखेर ‘तैले यही खोजेको हो’ भन्दै पैसाको बिटो फालेका थिए। उक्त रकम उनले प्रहरीलाई बुझाएको पुष्टि भएको छ।
यसअघि बैंक लुट्ने पाँच जनालाई सेनाले पक्राउ गरिसकेको छ।