ट्रेन्डिङ

Logout

समूह सशक्तिकरणमा जोड: नेशनल लघुवित्तद्वारा सुनसरीमा कार्यशाला सम्पन्न

2.9k Shares

सुनसरी। राष्ट्रियस्तरको कार्यक्षेत्र रहेको “घ” वर्गको इजाजतप्राप्त लघुवित्त संस्था, नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय चिमडी, सुनसरीको आयोजनामा समूह अध्यक्ष कार्यशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

IMG_20260320_174120.jpg

कार्यक्रममा बर्जु गाउँपालिकाका अध्यक्ष जीवछ राय प्रमुख अतिथिका रूपमा सहभागी हुँदै ऋण लिने मात्र नभई समयमै चुक्ता गर्नुको महत्त्वबारे जोड दिनुभयो। उहाँले भन्नुभयो, “ऋणीहरूले समयमै ऋण चुक्ता गरेमा आपत्–विपत्का बेला सहज रूपमा पुनः ऋण प्राप्त गर्ने वातावरण बन्ने गर्दछ।”

IMG_20260320_174516.jpg

कार्यक्रमका सभाध्यक्ष अनुगमन अधिकृत खगेन्द्र भट्टराई रहनु भएको थियो। अतिथिहरूमा दिपेन्द्र कुमार यादव, कृष्ण प्रसाद परियार, शिवनारायण यादव, इलाका प्रहरी कार्यालय चिमडीका प्रमुख जलन्धर बराल तथा इलाका प्रहरी कार्यालय रामगञ्ज बेलगछियाका प्रमुख बाबुराम कार्कीको उपस्थिति रहेको थियो।

IMG_20260320_174849.jpg

कार्यक्रममा संस्थाका ६५ जना सदस्यहरूको सहभागिता रहेको थियो। साथै, “असल समूह” र “असल बचतकर्ता” लाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। बचतकर्ताहरूको समूहभित्रको व्यवहार र सक्रियताको मूल्यांकनका आधारमा पुरस्कार वितरण गरिएको संस्थाले जनाएको छ।

IMG_20260320_174140.jpg

हाल संस्थाअन्तर्गत ७४ वटा केन्द्र सञ्चालनमा रहेका छन्। कार्यक्रममा वित्तीय क्षेत्र अत्यन्त संवेदनशील भएकाले कारोबार गर्दा समयमै ऋण चुक्ता गर्नुपर्नेमा विशेष जोड दिइएको थियो।

IMG_20260320_174233.jpg

कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा औपचारिक कार्यक्रम गरिएको थियो भने दोस्रो चरणमा अनौपचारिक रूपमा वित्तीय साक्षरतासम्बन्धी ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गर्ने प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूलाई ऋण लगानी गर्ने तरिका, ऋण चुक्ता गर्ने सहज उपाय, कर्जा, बचत, बीमा, रेमिटेन्सलगायत विषयमा विस्तृत जानकारी गराइएको थियो।

IMG_20260320_174217.jpg

साथै, वित्तीय ठगीबाट जोगिने उपाय, समय–समयमा परिवर्तन हुने नीति–नियमबारे जानकारी दिनुका साथै सदस्यहरूको जिज्ञासा र गुनासाहरूको सम्बोधन गर्दै कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरिएको अनुगमन अधिकृत खगेन्द्र भट्टराईले जानकारी दिनुभयो।

IMG_20260320_174201.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार