4.1k
Shares
नयाँ सरकार गठनको सहमति जुटेसँगै राष्ट्रपति कार्यालय शीतलनिवासमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने तयारी तीव्र बनेको छ।
नियुक्तिपत्र, शपथग्रहण र पहिलो मन्त्रिपरिषद्को निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ। यसैका लागि मुख्यसचिव एकनारायण अर्याल शीतलनिवास पुगेका छन्।
सानो मन्त्रिमण्डलको तयारी भए पनि सदस्यहरूको नाम भने गोप्य राखिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान प्रमुख तथा प्रधानसेनापतिको उपस्थितिमा जेनजी आन्दोलनरत पक्ष, सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच छलफल सम्पन्न भएको छ।
यसबीच शीतलनिवास बाहिर सूचनाकर्मीहरूको बाक्लो भीड देखिएको छ।