ट्रेन्डिङ

Logout

मेयर बालेनको व्यङ्ग्य: "देउवाले कुन भीपीएनबाट पोस्ट गर्नुभयो?"

4.9k Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फेसबुक पोस्टको सन्दर्भमा व्यङ्ग्य गरेका छन्।

शनिबार साँझ देउवाले सुनसरीको भोक्राहा नरसिंहा गाउँपालिकामा आयोजित नेपाल उराँव संघको स्थापना दिवस तथा करम पूजा कार्यक्रममा सहभागिता जनाएको तस्वीर सार्वजनिक गरेका थिए। उनले उक्त कार्यक्रममा सम्बोधन गरेको उल्लेख गर्दै केही तस्वीर पनि पोस्ट गरेका थिए।

देउवाको पोस्टमा प्रतिक्रिया जनाउँदै मेयर बालेनले लेखे, “यो पोस्ट कुन भीपीएनबाट हो, नेपाली हो कि विदेशी?” उनले थप व्यङ्ग्य गर्दै भने, “सारै गाह्रो हुने रहेछ भीपीएनबाट चलाउन त!”

बालेनको कमेन्ट सार्वजनिक भएपछि देउवाको उक्त पोस्टमा इन्गेजमेन्ट उल्लेख्य रूपमा बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार