ट्रेन्डिङ

Logout

"संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध अघि"

4k Shares

नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडालाई अगाडि बढाउने निर्णय गरेको छ। कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार खतिवडालाई उम्मेदवार बनाउने निर्णय भइसकेको छ। नेकपा एमालेले उम्मेदवार नदिने भएकाले विपक्षी दलहरूको बहुमत नभएपछि खतिवडा निर्विरोध निर्वाचित हुने वातावरण बनेको छ।

खतिवडा यसअघि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति थिए। कुलिङ अफ पिरियडको गडबडीसम्बन्धी प्रतिवेदन आएपछि उनले राजीनामा दिएका थिए। त्यसपछि रिक्त पदमा ईश्वरीदेवी न्यौपाने निर्वाचित भइसकेकी छन्।

न्यौपानेले सुनुवाइ समिति सभापति छोडेर राज्य व्यवस्था समिति सभापति बनेकी हुन्। यसै क्रममा, खतिवडा पुनः संसदीय सुनुवाइ समितिको सभापति हुने भएका छन्।

संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन भोलि हुने छ। आज दिउँसो २ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय राखिएको छ भने निर्वाचन भोलि साँझ ५ बजे हुँदैछ, सुनुवाइ समितिकी सहसचिव निर्मलादेवी लामिछाने वस्तीले जानकारी दिएकी छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार