ट्रेन्डिङ

Logout

नेकपा एमाले सचिवालय बैठक भदौ १९ गते

3.8k Shares

नेकपा एमालेले विधान अधिवेशन तयारीका लागि सचिवालय बैठक बोलाएको छ। बैठक भदौ १९ गते दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार, बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि छलफल हुने छ।

यसअघि बोलाएर स्थगित गरिएको केन्द्रीय कमिटी बैठक भने अब नबोलाइने भएको एमालेले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार