Logout

अध्यक्ष नेपाल: जिम्मेवारी पूरा गरेर मात्रै पार्टीलाई गतिशील बनाउने सकिन्छ

4.3k Shares

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रत्येक नेता लिएको जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्। अध्यक्ष नेपालका अनुसार सदस्यहरूले जिम्मेवारी पूरा गरेमा मात्र पार्टीलाई गतिशील बनाएर अघि बढाउन सकिन्छ।

‘कुनै पनि नेताले जिम्मेवारी लिइसकेपछि त्यसलाई पूरा गर्नुपर्छ। जिम्मेवारी पूरा भएको छ कि छैन, सोहीअनुसार काम भएको छ कि छैन भन्ने अनुगमन हुनुपर्छ,’ अध्यक्ष नेपालले सोमबार काठमाडौंमा आयोजित ‘आजको सन्दर्भमा नेपाली विशेषताको समाजवाद’ विषयक विचार गोष्ठी कार्यक्रममा भने। उनले थपे, ‘प्रतिवेदन नबुझाउनेप्रति आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्छ। यी सबै काम गर्न सके मात्र पार्टीलाई गतिशील बनाएर अघि लैजान सकिन्छ।’

अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट आन्दोलन गम्भीर संकट र चुनौतीको सामना गरिरहेको टिप्पणी पनि गरे। उनका अनुसार हालको राजनीतिक परिस्थिति कम्युनिष्ट पार्टी मात्र नभई सबै राजनीतिक दलका लागि चुनौतीपूर्ण छ।

राजनीतिक संकट र चुनौतीको सामना गर्न पार्टीका नेताहरूले सार्वजनिक कार्यक्रमबाट आम नागरिक र कार्यकर्तामा सकारात्मक सन्देश दिनुपर्ने उनले बताए। अध्यक्ष नेपालले भने, ‘चुनौती र संकटको बीचमा पनि हामी अगाडि बढिरहेका छौं। त्यसकारण चुनौती वा संकटबाट आत्तिनुपर्ने वा डरिनुपर्ने कुनै आवश्यकता छैन।’

अध्यक्ष नेपालको भनाइ अनुसार, पार्टीका आन्तरिक समस्याहरूलाई पार्टी कमिटीमा राखेर यथार्थमा अघि बढ्नुपर्नेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार