ट्रेन्डिङ

Logout

रेशम चौधरीलाई समर्थन, गौर घटनाको अनुसन्धानमा आशंका: संघीय लोकतान्त्रिक मोर्चाको कडा अडान

4.4k Shares

काठमाडौँ । संघीय लोकतान्त्रिक मोर्चाले रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको छ। जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले यो निर्णयसँगै निर्वाचन प्रचार-प्रसार र परिचालनका लागि मोर्चा सचिवालयलाई जिम्मेवारी दिएको छ।

मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि रेशम चौधरीलाई उम्मेदवार बनाउने जिम्मेवारी नागरिक उन्मुक्ति पार्टीलाई दिइएको छ। प्रचार-प्रसार र परिचालनका लागि मोर्चा सचिवालयलाई विशेष जिम्मेवारी तोकिएको छ।”

यसैगरी, मोर्चाले गौर घटनाबारे सर्वोच्च अदालतको परमादेशप्रति गम्भीर आशंका व्यक्त गर्दै निन्दा गरेको छ। विज्ञप्तिमा भनिएको छ, “परमादेशको पूर्ण पाठ प्राप्त नभए पनि यदि छानबिन निष्पक्ष, तटस्थ र कानुनसम्मत हुन्छ भने कसैको आपत्ति हुँदैन। तर, एकपक्षीय, राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण अनुसन्धानको हामी कडा प्रतिकार गर्नेछौँ।” 

मोर्चाले अदालतको आदेश राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आशंका व्यक्त गर्दै निष्पक्ष र तथ्यमा आधारित अनुसन्धानको पक्षमा रहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार