5.2k
Shares
कैलालीको गोदावरी नगरपालिका–९ बल्मीका ११ वर्षीय दीपेन्द्र जोशी खुटिया नदीमा डुबेर बेपत्ता भएपछि सोमबार बिहान उनको शव फेला परेको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो घरबाट निस्केका दीपेन्द्र घर नफर्केपछि खोजीकार्य सुरु गरिएको थियो। साथी पारस धामीले नदीमा नुहाउने क्रममा दीपेन्द्र डुबेको देखेका थिए।
तीन जना बालक नदीमा नुहाउन गएका बेला दीपेन्द्र डुबेर बेपत्ता भएका थिए। साथीहरूको बयानको आधारमा गरिएको खोजीमा सोमबार बिहान उनको शव भेटिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दले जानकारी दिएका छन्।