ट्रेन्डिङ

Logout

सप्तरीमा फेरि ठूलो मात्रामा गाँजा बरामद, यसपटक १०० किलो

3.8k Shares

सप्तरी प्रहरीले सुरूङ्गा नगरपालिका–११ महेशपुरस्थित आँपको बगैंचाबाट बेवारिसे अवस्थामा १०० किलो गाँजा फेला पारेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सेतो प्लास्टिकको बोरामा हरियो प्लास्टिकले बेरेर राखिएका पाँच पोकामा प्रत्येकमा २०–२० किलो गाँजा बरामद गरिएको हो।

गाँजा बरामद गर्ने अभियान प्रहरी सहायक निरीक्षक बिन्द्रा राय यादवको कमाण्डमा पाँच जना र सशस्त्र प्रहरी बेस पातोका प्रहरी नायब उपरीक्षक नरेन्द्रसिंह धामीको कमाण्डमा सात जनाको संयुक्त टोलीले सञ्चालन गरेको थियो। बरामद गाँजा इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसअघि, गत शुक्रबार डाक्नेश्वरी नगरपालिका–५ महादेवा टोलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले १७ बोरामा ३९६ किलो गाँजा बरामद गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार