Logout

एक साताभित्र व्यावसायिक योजना पेस गर्न स्वास्थ्य संस्थालाई निर्देशन

4.2k Shares

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सबै सङ्घीय अस्पताल र स्वास्थ्य संस्थालाई एक साताभित्र व्यावसायिक योजना पेश गर्न निर्देशन दिएको छ। यस कदमको उद्देश्य संस्थागत कार्यक्षमता बढाउने, योजनाबद्ध रूपमा काम अघि बढाउने र समयमै बजेट कार्यान्वयन सुनिश्चित गर्नु हो।

पेश गरिएका योजनाको आधारमा मन्त्रालय र स्वास्थ्य संस्थाबीच कार्य सम्पादन सम्झौता हुनेछ, जसले अस्पताल तथा स्वास्थ्य संस्थालाई बढी जवाफदेही र नतिजामुखी बनाउने अपेक्षा गरिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, यसले वार्षिक कार्ययोजना र प्रगतिमापनलाई स्पष्ट बनाउनेछ।

यसअघि बजेटमा समावेश भएका धेरै स्वास्थ्य कार्यक्रम समयमै कार्यान्वयनमा नआएको र खर्च गर्न ढिलाइ भएको गुनासा आएका थिए। महालेखा परीक्षकको प्रतिवेदनले पनि यस्ता समस्या औंल्याउँदै आएकोमा, यसपटक आर्थिक वर्षको सुरुवातमै सक्रिय पहल गरिएको हो।

यस सम्झौताबाट स्रोत र साधनको अधिकतम उपयोग गर्दै विशिष्टीकृत सेवा विस्तार र समग्र स्वास्थ्य सेवा सुदृढीकरण हुने मन्त्रालयको विश्वास छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार