Logout

प्रतिनिधि सभाको समितिमा भूमि सम्बन्धी विधेयकको छलफल सुरु, आज पारित गर्ने तयारी

4.2k Shares

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमि सम्बन्धी विधेयकको छलफल सुरु भएको छ। समितिले आजै उक्त विधेयक पारित गर्ने तयारी गरेको छ।

विधेयकले भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन गर्ने प्रस्ताव समावेश गरेको छ। गत बिहीबार साढे पाँच घण्टासम्म भएको दफावार छलफलपछि संशोधन प्रस्तावहरूलाई ध्यानमा राखेर विधेयकको प्रतिवेदन तयार पार्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयहरू र संसदीय सचिवालयलाई दिइएको छ।

समितिले घरजग्गा व्यवसायीलाई हदबन्दी छुटको जग्गा बेच्न दिने विषयमा सहमति जनाएको छ भने भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषयमा भाषा मिलाउने निर्णय गरेको छ।

प्रदेशको क्षेत्राधिकार र संविधानको साझा सूची सम्बन्धी विषयमा भने समिति मौन रहेको र विधेयकलाई अघि बढाउने तयारीमा रहेको बताइएको छ। आज विधेयकको प्रतिवेदन तयार भएसँगै त्यसमा छलफल गरी पारित गर्ने प्रक्रियामा जान लागिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार