ट्रेन्डिङ

Logout

जसपा नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चाका कार्यक्रमका लागि नेताहरूको जिम्मेवारी तोक्यो

4.6k Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सङ्घीय लोकतान्त्रिक मोर्चाद्वारा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुने नेताहरूको जिम्मेवारी तोकेको छ। अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा बसेको केन्द्रीय सचिवालयको बैठकले मोर्चाको उद्देश्य र महत्वबारे जानकारी दिन आयोजना हुने आठवटा कार्यक्रमका लागि नेताहरूको नाम तय गरेको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जनाएका छन्।

मोर्चाको साउन १८ गते काठमाडौँको कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव, साउन २१ गते भैरहवामा महासचिव रामकुमार शर्मा, साउन २३ गते नेपालगन्जमा महासचिव लालबाबु राउत र साउन २५ गते कैलालीमा उपाध्यक्ष विद्युत् बज्राचार्य सहभागी हुनेछन्। त्यस्तै, भदौ १६ गते विराटनगरमा सह–अध्यक्ष रकम चेम्जोङ, भदौ १८ गते राजविराजमा उपाध्यक्ष मृगेन्द्रकुमार सिंह, भदौ २० गते जनकपुरमा उपाध्यक्ष राजकिशोर यादव र भदौ २२ गते वीरगन्जमा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनेछन्।

बैठकले जातीय, भाषिक, धार्मिक र लैङ्गिक अल्पसङ्ख्यक समुदायको अधिकार सुनिश्चित गर्न ‘अल्पसङ्ख्यक अधिकार सङ्गठन’ गठन गर्ने निर्णय पनि गरेको बस्नेतले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार