ट्रेन्डिङ

Logout

"म अघि बढिसके, पछि हट्दिनँ" — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

4.3k Shares

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू पछि हट्ने मनस्थितिमा नरहेको स्पष्ट पार्दै, अबको यात्रामा दृढताका साथ अघि बढ्ने बताएकी छन्।

भंगालमा राजनीतिक संवाददाताहरूसँग कुराकानी गर्दै भण्डारीले भनिन्, “म अघि बढिसके, अब खुट्टा कमाउदिनँ।”

सक्रिय राजनीतिमा फर्किने सम्भावनाबारे स्पष्ट संकेत दिँदै उनले कसैलाई पनि त्यसबाट भयभीत नहुन आग्रह गरिन्। “बरु मेरो पक्षमा बोल्नेहरूलाई आतंकित पार्ने प्रयास भइरहेको छ, यो तत्काल रोकिनुपर्छ,” पूर्वराष्ट्रपतिले भनिन्।

उनले नेकपा एमालेको राजनीतिमा फर्कने विषयमा आफूले लामो समयदेखि निर्णय प्रक्रिया अगाडि बढाइरहेको उल्लेख गरिन्।

पूर्वराष्ट्रपति भण्डारीको यस भनाइलाई सक्रिय राजनीतिमा पुनः प्रवेशको संकेतका रूपमा लिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार