ट्रेन्डिङ

Logout

रास्वपाको पदाधिकारी हेरफेर अद्यावधिकमा ढिलाइ, निर्वाचन आयोगमा नेताहरूको ध्यानाकर्षण

6k Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू निर्वाचन आयोग पुगेका छन्। पार्टी पदाधिकारी हेरफेरको अद्यावधिक प्रक्रिया ढिला भएकोप्रति ध्यानाकर्षण गराउन आइतबार महामन्त्री कविन्द्र बुर्लाकोटीसहित कानुन विभागका प्रतिनिधिहरू कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका हुन्।

उनीहरूले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग भेट गरी विलम्बको कारणबारे जानकारी मागेका थिए। भेटपछि बुर्लाकोटीले आयोगलाई पटक-पटक पदाधिकारी हेरफेर विवरण बुझाइसकेको जानकारी दिँदै आयोगले अझैसम्म अद्यावधिक नगरेकोमा असन्तोष व्यक्त गरे।

उनले भने, “विलम्ब नहोस् भनेर आएका थियौं, सबै विवरण बुझिएको बताउनुभयो। तर अद्यावधिक नहुँदा समस्या भइरहेको छ।”

निर्वाचन आयोगले समयमै हेरफेर प्रक्रिया पूर्ण नगरेकोले हाल पूर्वमहामन्त्री रहेको व्यक्ति त्यही पूर्ववत् पदमा पुनः फर्कनुपर्ने मागसहित सर्वोच्च अदालत पुगेको पनि खुलाइएको छ।

यो विषयले रास्वपाभित्रको आन्तरिक व्यवस्थापन र निर्वाचन आयोगको कार्यसम्पादन क्षमतामाथि प्रश्न उठाएको छ। अब आयोगले कति छिटो हेरफेर अद्यावधिक गर्छ भन्नेमा राजनीतिक र कानुनी चासो बढेको देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार