ट्रेन्डिङ

Logout

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी च्यासलस्थित एमाले केन्द्रीय कार्यालय जाँदै

4.8k Shares

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज दिउँसो ३ बजे च्यासलस्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय जाँदैछिन्।

उनको सचिवालयका अनुसार, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न उनी च्यासल जान लागेकी हुन्।

भण्डारी एमाले पार्टीकी पूर्व उपाध्यक्ष समेत रहिसकेकी हुन् र पार्टी नेतृत्वसँग समय-समयमा भेटघाट हुने गर्छ। यसपटकको भेटमा पार्टी रणनीति, समसामयिक राजनीति वा संगठनात्मक विषयहरूमा छलफल हुन सक्ने अनुमान गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार