4.5k
Shares
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई बालुवाटार बोलाएका छन्। घुसकाण्डमा नाम जोडिएपछि छलफलका लागि प्रधानमन्त्रीले गुप्तालाई बालुवाटार डाकेका हुन्। गुप्ता अहिले बालुवाटार पुगिसकेका छन्।
हालै भूमि आयोग गठन र सरुवा सम्बन्धी विषयमा गुप्ताको विवादास्पद अडियो सार्वजनिक भएको थियो। अडियोमा गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्ष बनाउने भन्दै २५ लाख रुपैयाँ माग गरेको संवाद सुन्न सकिन्छ।
अडियो सार्वजनिक भएपछि मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्ने माग विभिन्न क्षेत्रबाट उठ्न थालेको छ। सार्वजनिक चासो र बढ्दो दबाबका बीच प्रधानमन्त्री ओली र गुप्ताबीचको भेटलाई विशेष ध्यानका साथ हेरिएको छ।