Logout

चिकित्सक संघको देशव्यापी सेवा अवरुद्ध: उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलन

5.2k Shares

नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको पछिल्लो फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै आज देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पारेको छ।

संघले असार १७ गतेदेखि चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई कालोपट्टी बाँधेर सेवा प्रदान गर्न आह्वान गरेको थियो। आज भने आकस्मिक बाहेकका सबै सेवा रोकेको छ। संघले चिकित्सकीय मुद्दाहरूको सुनुवाइ मेडिकल काउन्सिलमा मात्र सीमित गर्न कानुन संशोधनको माग गरेको छ र आवश्यक परे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ।

हालै उपभोक्ता अदालतले उपचारमा लापरवाही गरेको आरोपमा बिरामीका आफन्तको पक्षमा फैसला सुनाएको थियो। अदालतले ओम अस्पताललाई ५० लाख ७० हजार, हिमाल अस्पताल र सम्बन्धित चिकित्सकलाई १ करोड ४५ लाख, र ग्राण्डी सिटी अस्पताल तथा त्यहाँका चिकित्सकलाई ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षलाई तिर्न आदेश दिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार