ट्रेन्डिङ

Logout

सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारी नियुक्ति सम्बन्धी निर्णय आज सुनाउने

5.3k Shares

सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीको नियुक्ति सम्बन्धी मुद्दाको निर्णय आज सुनाउने तयारी गरेको छ। यसअघि जेठ २८ मा निर्णय सुनाउने भनिए पनि असार १८ लाई सरेको थियो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको संवैधानिक इजलासमा यो रिटमाथि बहस भएको थियो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनको समयमा संसदीय सुनुवाइबिना ५२ संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेका थिए।

उक्त नियुक्ति बदर गर्न माग राखी सर्वोच्च अदालतमा १५ वटा रिट निवेदन परेका थिए। गत माघदेखि नियमित सुनुवाइ सुरु गरेको सर्वोच्चले आज निर्णय सुनाउने मिति तय गरेको छ। संवैधानिक इजलास असार १७ मा पनि निर्णयको तयारीमा थियो। स्रोतका अनुसार, प्राविधिक समस्या नभए आज निर्णय सुनाइनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार