ट्रेन्डिङ

Logout

पूर्वराष्ट्रपति भण्डारीले सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी, एमालेको सक्रिय राजनीतिमा पुनः प्रवेश

6k Shares

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेसँगै आफूले पाउँदै आएको सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी थालेकी छन्।

उनका निकट स्रोतका अनुसार, भण्डारीले शितल निवासबाट आफ्नै निवासमा फर्कँदै गर्दा पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त हुने धेरै सेवासुविधा छाड्ने निर्णय गरिसकेकी हुन्। अब बाँकी सुविधासमेत फिर्ता गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार, आगामी १ साउनदेखि लागू हुने गरी सेवा सुविधा फिर्ता गर्ने औपचारिक पत्र पठाउने तयारी गरिएको छ। हाल सरकारले पूर्वराष्ट्रपतिका लागि दुई जना स्वकीय सचिवको तलब, सुरक्षाकर्मी बस्ने घरको भाडा र इन्धन खर्च बेहोर्दै आएको छ। गाडी भने भण्डारीले नलिएको जनाइएको छ।

शितल निवास छाडेपछि भण्डारीले तलब, निवास खर्चलगायत कुनै पनि सरकारी सुविधा प्रयोग नगरेको स्रोतको दाबी छ।

पूर्वराष्ट्रपति भण्डारीले गत १४ असारमा मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेको सदस्यता नवीकरण गरेर पार्टीको सक्रिय राजनीतिमा पुनः फर्किएको घोषणा गरेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार