ट्रेन्डिङ

Logout

त्रिवि क्रिकेट रंगशालाका लागि ४० करोड विनियोजन

5.4k Shares

काठमाडौँ: सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालाका लागि ४० करोड बजेट विनियोजन गरेको छ। बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्।

उनले त्रिवि क्रिकेट रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्षमा ४० करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

मूलपानीलगायतका क्रिकेट रंगशालाका लागि ४२ करोड बजेट विनियोजन गरिएको उनले बताए।

 

अर्थमन्त्री पौडेलले गौतमबुद्ध रंगशालाको सम्पत्ति खरिद गर्न सशर्त अनुदान दिइने बताए। उनले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड बजेट विनियोजन गरिएको जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार