6.2k
Shares
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। टेरामक्स घोटाला प्रकरणमा संलग्न भएको आरोपमा आयोगले बिहीबार विशेष अदालत, काठमाडौँमा बस्नेतसहित १६ जना र सम्बन्धित कम्पनीविरुद्ध मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, प्रतिनिधिसभा सांसदसमेत रहेका बस्नेत, तत्कालीन नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झालगायतमाथि ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपियाँ बिगो मागदाबी गरिएको छ।