Logout

पूर्वराजा ज्ञानेन्द्रको आग्रह: देशमा शान्ति र विकास चाहिन्छ

7.7k Shares

गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा शान्ति र विकासको आवश्यकता रहेको बताएका छन्। सञ्चारकर्मीसँगको कुराकानीमा उनले देशवासीले कसैको पनि कुभलो नचिताउने र शान्ति कायम रहोस् भन्ने कामना व्यक्त गर्नुभयो।

पूर्वराजा शाहले भने, ‘‘अहिले देशमा शान्ति चाहिन्छ। कसैले पनि कसैको कुभलो नचिताओस् र केही खराब नहोस् भन्ने मेरो कामना छ।’’ उनले देशवासीलाई डराउनु नपर्ने सन्देश दिँदै भन्नुभयो, ‘‘कोही पनि केही गर्न डराउनु पर्दैन। देशमा शान्ति कायम रहोस्, विकास होस्, सबैलाई सुख र समृद्धि मिलोस्।’’

गोरखा आफ्ना पुर्खाको थलो भएकोले यहाँ आउँदा खुशी लागेको उनले बताउनुभयो। उनको यो भेटले गोरखावासीमा उत्साह बढाएको छ। पूर्वराजाको यो शान्ति र विकासको सन्देशले देशभरि छलफल सुरु भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार