ट्रेन्डिङ

Logout

रवि लामिछानेमाथि प्रशासनको दबाब

6.7k Shares

काठमाडौं:  पूर्व प्रधानमन्त्री झलनाथ खनालले रवि लामिछानेमाथि प्रशासनले गरेको दबाबप्रति गम्भीर चासो व्यक्त गरेका छन्। प्राइम टिभीमा प्रसारण भएको कार्यक्रममा खनालले लामिछानेको मुद्दामा प्रशासनको कार्यशैलीलाई आलोचना गर्दै भने, "एक व्यक्तिलाई जति धेरै अपराध गरेको भएपनि एक ठाउँमा ल्याएर बयान लिन सकिन्छ। तर, अहिलेको सरकारले यो खालको प्रवृत्ति देखाइरहेको छ।"

खनालले लामिछानेको भविष्य अदालतमा निर्भर रहेको र प्रशासनले उनलाई खेदो खनेको दाबी गरे। उनले भने, "यो प्रवृत्ति सरकारको मानसिकता हो, जसले एक व्यक्तिलाई विभिन्न स्थानमा पठाएर बयान लिन खोजिरहेको छ।" 

यसैबीच, खनालले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन सुझाव दिँदै भने, "यदि सरकारले ल्याएको अध्यादेश फेल हुन्छ भने ओलीले नैतिकता प्रदर्शन गर्नुपर्छ।" उनले ओलीलाई विगतका उदाहरणहरू सम्झाउँदै राजीनामा दिनुपर्ने आवश्यकता औंल्याए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार