Logout

अध्यादेशबारे जसपा अझै अनिर्णित: कार्यदलको प्रतिवेदन अध्ययनमा

1.6k Shares

काठमाडौं, माघ १८ - सरकारले ल्याएका अध्यादेशको समर्थन वा विरोधबारे जनता समाजवादी पार्टी (जसपा) नेपालको बिहीबार बसेको संसदीय दलको बैठक बिना निष्कर्ष टुंगिएको छ।

सिंहदरबारमा बसेको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेश अध्ययन कार्यदलले प्रतिवेदन बुझाएको प्रमुख सचेतक रेखा यादवले जानकारी दिइन्। उनका अनुसार माघ २६ गते पुनः बैठक बसेर अध्यादेशबारे अन्तिम निर्णय लिइने भएको छ।

राष्ट्रिय सभामा अध्यादेश पारित गर्न जसपाको समर्थन निर्णायक रहेको छ। प्रतिनिधि सभामा सहज बहुमत भए पनि राष्ट्रिय सभामा सत्तारुढ गठबन्धनलाई जसपाको साथ अपरिहार्य छ। यसैकारण सरकारले जसपासँग समर्थनको लागि लगातार पहल गरिरहेको छ।

आजको संसद्को कार्यसूचीबाट अध्यादेशसम्बन्धी विषय हटेपछि जसपाले तत्काल कुनै निर्णय नगरेको हो। पार्टीले कार्यदलको प्रतिवेदन अध्ययन गरेर मात्र अध्यादेशबारे आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार