Logout

जनताको पीडा र दु:खमा पूर्णरुपमा लाग्ने प्रचण्डको प्रतिबद्धता

2.6k Shares

काठमाडौ, १५ असोज । ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपत व्यवस्थापनमा गरेको कमजोरीको गम्भीर समीक्षा गर्दै राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम युद्धस्तर अघि बढाउन आग्रह गर्नुभएको छ।

WhatsApp Image 2024-10-01 at 17.24.35.jpeg

 

प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियानको काठमाडौ बल्खुको सुकुम्बासी वस्तीमा उद्घाटन गर्दै यस्तो आग्रह गर्नुभएको छ। मौसमको पूर्वानुमान हुँदाहुँदै सरकार विपत व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षतिको मात्रा बढेको उहाँले बताउनुभयो ।WhatsApp Image 2024-10-01 at 16.39.18.jpeg

 

डुबानमा परेको लामो समयसम्म पनि सरकारी निकायले नहेरेको भन्दै ललितपुरका बाढीपीडितहरुले बिपतको बेलामा अभिभावकत्व गरिदिन आग्रह समेत गरेका हुन् ।

WhatsApp Image 2024-10-01 at 17.06.52.jpeg

ललितपुरको नक्खु क्षेत्रका बाढीपीडितको अवस्था बुझ्न पुग्नुभएका अध्यक्ष प्रचण्डलाई पीडितहरुले जतिसक्यो चाडो पीडाबाट मुक्त गर्न आग्रह गरेका छन् । पीडितहरुले अझै उद्वारको काम नसकिएको, धेरै मानिसहरु घरबारबिहीन भएको, विद्यार्थीको पठनपाठन प्रभावित भएको भन्दै जतिसक्दो चाडो आफूहरूको जनजीवन  सहज बनाइदिन आग्रह गरे।2c29cac7-6244-4e8a-ae9a-a1d3c1891c80.jpeg

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले यो संकटको बेलामा सत्ता पक्ष बिपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गर्नुभयो। २०७२ सालको भूकम्पको बेलामा पनि आफूले प्रतिपक्षी दलको नेताकै रुपमा संविधान निर्माण र पुनर्निर्माणको नेतृत्व गरेको उल्लेख गर्दै उहाँले यसपटक पनि जनताको पीडा र दु:खमा साथ दिन पूर्णरुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बल्खुको जागरण टोलमा ४१७ घरका हजारौ स्थानिय बासिन्दा  प्रभावित भएका छन् ।

WhatsApp Image 2024-10-01 at 17.06.56.jpeg

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार