ट्रेन्डिङ

Logout

छानबिनमा पूर्वाग्रहबाट मुक्त हुन कांग्रेस महामन्त्री शर्माको आग्रह

7.8k Shares

काठमाडौँ, २४ जेठ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर  अनुसन्धान गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद शर्माले छानबिनमा सबैलाई समान व्यवहार छ भन्ने सन्देश सरकारले दिन सक्नुपर्ने जनाउँदै एउटा नागरिकताको नम्बर मिलेको भन्ने उजुरीमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा लिइएको तर अनुसन्धानबाट खासै केही परिणाम नआएको टिप्पणी गर्नुभयो । नेता शर्माले विसं २०४६ यताका सबै अनियमितताका घटनामा निष्पक्ष छानबिन गर्ने हो भने आफ्नो पार्टी तयार छ भन्नुभयो ।

महामन्त्री शर्माले सहकारी पीडितमाथिको छानबिन समितिको गठन हुन सकारात्मक भए पनि विश्वासको मत लिने समयवाधि २२ दिन बाँकी कायमै रहेको अवस्थामा जेठ ७ गते सदनमा प्रतिपक्षीको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारोमा विश्वासको मत लिएको घटनामा आफूहरूको असहमति रहेको बताउनुभयो ।

उहाँले गिरीबन्धु टिस्टेटका सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतमा कांग्रेसले जग्गा बेचेको जस्ता आरोपयुक्त अभिव्यक्ति दिएकामा चिन्ता व्यक्त गर्र्दै त्यस्तो हो भने छानबिन गरेर कारबाही गर्न गृहमन्त्री समक्ष आग्रह गर्नुभयो  । उहाँले कांग्रेसलाई आलोकतान्त्रिक दल भन्ने हैसियत अन्य दलको नहुने जिकिर गर्नुभयो । देशको सूचना विदेशीलाई बेचेको आरोप कांग्रेसका सांसदलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट लगाइएकामा आपत्ति जनाउँदै उहाँले भन्नुभयो, “देशको गृहमन्त्रीले गोली हान्न आदेश दिने हो, हावामा गोली हान्ने होइन ।’’

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार