Logout

राप्रपा अध्यक्ष लिङ्देनले मागे गृहमन्त्री लामिछानेकाे राजीनामा

2.3k Shares

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेका छन्।

मंगलबार भएकाे पार्टीको प्रदर्शनमा उनले गृहमन्त्री लामिछानेकाे राजीनामा माग गरेका हुन्।

प्रहरीले व्यापक दमन गरेकाे भन्दै गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग अध्यक्ष लिङ्देनकाे छ।

कोणसभामा बोल्दै उनले भने, ‘अब हामी गृहमन्त्रीको राजीनामा माग्छौं। ४० बुँदे मागमा एउटा यो बुँदा पनि थपिएको छ।’

अध्यक्ष लिङ्देनले प्रहरीको बल प्रयोगबाट आफ्ना थुप्रै नेता कार्यकर्ता घाइते भएकाे पनि दाबी गरेका छन्। आजकाे प्रदर्शनकाे नेतृत्व उनैले गरेका छन्।

सिंहदरबारतर्फ बढिरहेको प्रदर्शनकारीको भीडलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियाे। प्रहरीले लाठीचार्जसँगै प्रदर्शनकारीमाथि पानीको फोहोरासमेत हानेको छ।

भृकुटीमण्डपबाट सुरु भएको जुलस निषेधित क्षेत्रतर्फ अगाडि बढ्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे हाे। त्यसक्रममा प्रहरीले सुरुमा पानीको फोहोरा हानेको थियो।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको हाे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार